प्रभावशाली चार देशका प्रमुखबीच भर्चुअल सम्मेलन हुने

काठमाडौं । विश्वमा हरित वृद्धी र वातावरण अनुकूल व्यवहारबारे विश्वका चार प्रभावशाली देशका नेताहरुबीच सम्मेलन हुने भएको छ ।

दक्षिण कोरियाले आयोजना गर्न लागेको अनलाइन सम्मेलनमा जर्मन चान्सलर एञ्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी हुने समाचारसंस्था एएनआइले जनाएको छ । यस्तै, अमेरिका र चीनकातर्फबाट सम्बन्धित राष्ट्रपतिका जलवायु तथा वातावरण सम्बन्धी प्रतिनिधिहरु सहभागी हुनेछन् । आइतवार र सोमवार हुने सम्मेलनमा चार देशका कार्यकारी प्रमुखसंगै ६० जनाभन्दा बढी नेता र उच्च तहका सरकारी अधिकारीहरु पनि सहभागी हुने जनाइएको छ ।

जलवायु परिवर्तनका असरस“गै कोरोना महामारी र विश्वव्यापी कृत्रिम अक्सिजन माग बढिरहेका बेला यो सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हरित वृद्धि र विश्व लक्ष्यका लागि सहभागिता पी फोर जी विश्वभरि वातावरण तथा अर्थमैत्री दिगोवृद्धिका लागि सहयोग गर्ने उद्देश्यले बनाइएको अन्तर्राष्ट्रिय मञ्च हो । यसको पहिलो सम्मेलन सन्न् २०१८ मा डेनमार्कमा भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति