पाँच प्रदेशमा उच्च बेगको हावाहुरीसहित भारी वर्षा

काठमाडौँ १४ जेठ । देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको रहेको छ।

देशका हिमाली र उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनमा उल्लेख छ।

शुक्रबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा राति भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।

उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातर वर्षा तथा गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति