काठमाडौं । यास चक्रवातका कारण भारतका पश्चिम बंगालमा २ जनाको ज्यान गएको छ ।
८० वटा घरमा क्षति पुगेको छ । चक्रवात उडिसाको धामरा बन्दरगाह हुदै पश्चिम बंगालतर्फ अघि बढेको भारतीय अधिकारीहरुले जनाएका छन् । उडिसा प्रवेश गर्ने क्रममा रहेकै बेला भारतका विभिन्न राज्यहरुमा ठूलो वर्षा भइरहेको छ । पश्चिम बंगाल, उडिसालगायत ८ राज्यमा प्रवेश गर्ने अनुमान गरिएको यास चक्रवातलाई मध्यनजर गर्दै सम्भावित ८ राज्यका असुरक्षित १० लाख नागरिकलाई सुरक्षित ठाउमा
सारिएको छ । अझै ७ लाखलाई सार्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, चक्रवातका कारण लोमो दूरीको रेल सेवा बन्द गरिएको छ भने कोलकता विमानस्थलबाट हुने हवाइ सेवा आज दिनभरका लागि बन्द गरिएको छ ।
प्रतिक्रिया