शान्ति र अहिंसाको मार्ग नेपालीका लागि गौरवको विषय : अध्यक्ष प्रचण्ड


काठमाडौ‌, १२ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पु¥याएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको बताएका छन्। २५६५ औं बुद्ध जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूमा सुस्वास्थ्य र दीर्घायूको कामनासमेत गरेका छन्। ‘बुद्धका उपदेश विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन्,’ प्रचण्डको सन्देशमा उल्लेख छ,’ ‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ। दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ।’अहंकारले विनाश निम्त्याउने केराको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा देखिएको उनको भनाइ छ। पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी शक्तिको एक मात्र विकल्प रहेको चर्चा गरेका छन,

आजकै दिन मनाइने किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि दाहालले शुभकामना दिएका छन् । कोरोना भाइरस ९कोभिड–१९०को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वास उनले लिएको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति