महन्थ ठाकुरले उपेन्द्र यादवलाई सोधे ७ बुँदे स्पष्टीकरण (पत्रसहित)

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरणमा अध्यक्ष ठाकुरले संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरियो भन्ने प्रश्न गरेका छन् ।

अध्यक्ष ठाकुरले पछिल्लो समयमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिका बैठकहरू बसी विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न समेत यादवसँग गरेका छन् । उनले पार्टी निर्णय विपरित सर्वोच्च अदालतमा रिट लिएर गएकोमा समेत स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति