एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आग्रह (के खाेल्न पाइँदैन सूचीसहित)

काठमाडौँ, ११ जेठ ।   काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्‍ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको छ। सो निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ।सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो।

यसरी किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भनेपछि अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएको भन्दै सिडिओहरूले आज र भोलिमा एक सातालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न अनुरोध गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

ुएक हप्ताको लागि हामीले कडाइको साथ निषेधाज्ञा जारी गर्ने निर्णय गर्‍यौं। दाल, चामल, चिनीको आवश्यकता पर्छ भनेर हामीले एक हप्तामात्रै थपेका हौं, प्रमुख जिल्ला अधिकारी निरौलाले भने एक हप्तासम्म मानिसहरूले स्टोर गर्न सकिने भएर यस्तो गर्‍यौं। स्टकमा पुग्ने गरी राख्नपर्‍यो।
दिनदिनै मानिसहरूले दाल चामल किन्न जाने भनेर भीडभाड गरेको हुँदा एक हप्ता किराना तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको उनले । १२ दिन अगाडि थपेको निषेधाज्ञा १३ गते बिहीबार राति १२ बजे सकिँदैछ। शुक्रबार १ बजेदेखि थप एक साता निषेधाज्ञा थपिएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति