थप १२ एमाले नेतासँग स्पष्टिकरण माग (नामसहित)

काठमाडौं, १० जेठ । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जना नेतालाई पनि कारवाही प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले विघटित प्रतिनिधिसभाका सदस्यहरु जो देउवाको पक्षमा रिट लिएर गए उहाँहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । झलनाथ र माधव नेपालसहित ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि कारवाही अघि बढाइएको हो ।

नाम

विरोध खतिवडा
जीवनराम श्रेष्ठ
घनश्याम भुसाल
सोमप्रसाद पाण्डे
कृष्णलाल महर्जन
झपट रावल
भवानी प्रसाद खापुङ
यज्ञ सुनुवार
सुरेन्द्र पाण्डे
मेटमणि चौधरी
दिपक प्रकाश भट्ट
नारायण खतिवडा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति