खनाल–नेपाल पक्षका २४ जना सांसदले हस्ताक्षर गरे, अरू पनि थपिँदै

काठमाडौं, १० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै झलनाथ खनाल- माधव नेपाल पक्षका २४ जना सांसदले हस्ताक्षर गरेका छन्।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादवर बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दिन लागेका हुन्।

सिंहदरबारस्थित लेखा समितिको हलमा भएको सांसदहरुको भेलाबाट २३(२४ जना सांसदले हस्ताक्षर गरेको माधव नेपाल पक्षीय सांसद विरोध खतिवडाले सेतोपाटीलाई बताए।‘कोही बिरामी छन्, घरमै जानेकि भन्ने छ। हेरौं के हुन्छ। तर अहिलेसम्म २३,२४ जना सांसदको हस्ताक्षर भइसकेको छ’, खतिवडाले भने, ‘अहिले बैठक जारी छ। हिजो नआएका सांसदहरुमा नारायण खतिवडा र दिपक भट्ट आज थपिनुभएको छ।’

हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत छन्।

नेता झपट रावलले हस्ताक्षर गर्नेको सूची तयार पार्दैछन्।यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए।अहिले माधव नेपालसहित विपक्षी गठबन्धनका अरू सांसद र शीर्ष नेताहरु पनि सिंहदरबार पुगेका छन्।विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले तयार पारेका छन् । रिट आजै दायर हुनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति