तिब्बत सरकारले आइसियु,भेन्टिलेटर र अक्सिजन नेपाल पठाउँदै

काठमाडौं, ६ जेठ ।  तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तिब्बतले ३० हजार लिटर लिक्विड अक्सिजन, ८०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ५ थान भेन्टिलेटर, २०० आइसियु बेड र १५ हजार एन्टिजेन किट उपलब्ध गराएको हो । ल्हासामा आयोजित एक कार्यक्रमका बीच उक्त स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरिएको हो । तिब्बत सरकारले नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । यसअघि चीन सरकारले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यस्तै चीनले अनुदानमै दिएको २० हजार अक्सिजन सिलिन्डर सहितका अन्य स्वास्थ्य सामग्री पनि नेपाल आउने क्रम जारी छ । चीनले थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । ती स्वास्थ्य सामग्रीहरु छिटै नेपाल आइपुग्ने चिनियाँ दूतावासले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति