राजेन्द्र महतो आधिकारिक रुपमै जसपा दलको नेता चयन, संसद सचिवालयलाई गराइयो जानकारी

काठमाडौँ, ४ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा राजेन्द्र महतो आधिकारिक रुपमै निर्वाचित भएका छन्। वैशाख ३० बसेको संसदीय दलको बहुमत (महन्थ-राजेन्द्र समूह)को बैठकले महतोलाई दलको नेतामा चयन गरेको थियो। १९ सांसदको हस्ताक्षर रहेको दाबी गरिएको थियो।

मंगलवार संघीय संसद सचिवालयलाई अध्यक्ष महन्थ ठाकुरले पत्र पठाएर जानकारी गराएसँगै महतो आधिकारिक रुपमा दलको नेता चुनिएका हुन्। सचिवालयले अब जसपाको दलको नेताका रुपमा महतोलाई चिन्नेछ। महतोले ३२ सांसदको नेतृत्व गर्नेछन्।

संसद सचिवालयका महासचिवलाई अध्यक्ष ठाकुरले पठाएको पत्रमा भनिएको छ, ‘वैशाख ३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान–२०७७ अनुसार संसदीय दलको नेतामा मा। राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराइन्छ।’

पत्रसँगै संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि सचिवालयलाई उपलब्ध गराइएको थियो।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति केही घण्टामै भाँडिएको छ ।

अध्यक्षद्वय ठाकुर र यादवबीच आज महतोलाई दिइएको संसदीय दलको नेता पद फिर्ता लिने सहमति भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति