अक्सिजन सिलिण्डर ल्याउदैँ निगम

काठमाडौँ, ३ जेठ
अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट अक्सिजन सिलिण्डर नेपाल ल्याइरहेका छन् ।

 निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिण्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङ्बाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको छ । निगमका महाप्रवन्धक  डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४०० र ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सर्नटे«टर ल्याइएको छ । चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर ल्याउने तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको छ ।

 निगमले यसअघि वैशाख २८ गते चीनबाटै ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । यीसबै सामग्री चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको हो । चीन सरकारको दुई हजार अक्सिजन सिलिण्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसिले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ वटा अक्सिजन सिलिण्डर नेपाल ल्याउने निगमले जनाएको छ ।      गत शनिबार पनि निगमले गैर आवासीय नेपाली सङघको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा ओमनबाट सहयोग स्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको थियो । ---
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति