नेपालमा ८ हजार १६७ संक्रमित थपिए, १८७ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आठ हजार १६७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १६७ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका छन्। २४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ।

नेपालमा हालसम्म ४ हजार ८५६ जनाको मृत्यु भएको छ । यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ। ६७५ जना व्यक्ति क्वारेन्टाइनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ५ हजार ४५५ जना व्यक्ति निको भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति