आठ हजार पाँच सय २० कोरोना सङ्क्रमित थपिए, एकै दिन ६ हजारभन्दा धेरै डिस्चार्ज (कहाँ कति सूचिसहित)


काठमाडौं, ३१ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार पाँच सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार नौ सय ४८ जनाको पीसीआर र पाँच सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालका कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार तीन सय ३६ छ ।

त्यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय तीन जनाको ज्यान गएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति