कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन आग्रह


काठमाडौँ, ३० वैशाख :
कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गर्नुभएको छ ।

आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड–१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह गर्नुभएको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

खोप, अत्यावश्यक औषधि तथा जीवनदायी औषधि आपूर्तिका लागि उहाँले गर्नुभएको आग्रहको जवाफमा आयोगका अध्यक्षले युरोपेली सङ्घका संयन्त्रमार्फत महामारीविरुद्धको नेपालको लडाइँमा सघाउने आश्वासन दिनुभएको उक्त दूतावासले जनाएको छ ।

राजदूत राजभण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अध्यक्ष उर्सुला भोन डेर लिएनमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।
–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति