माधव नेपाल निवासबाट विष्णु पौडेल निराश भएर फर्किए बालुवाटार

काठमाडौं ३० बैशाख । एमाले विवादको उत्कर्षलाई रोक्न भन्दा पनि केपी ओलीके प्रधानमन्त्री निरन्तरताका लागि वरिष्ठ नेता माधव नेपाललाई मनाउन कोटेश्वर पुगेका अर्थमन्त्री विष्णु पौडेल निराश भएर फर्केका छन् । ओलीले आज बिहान नेपाललाई फोन गर्दा नेपालबाट सकारात्मक जबाफ नपाएपछि नेपाललाई मनाउन अर्थमन्त्री विष्णु पौडेललाई कोटेश्वर पठाएका थिए नेपाल निवास कोटेश्वरमा केही बेरको कुराकानीपछि पौडेल बालुवाटार फर्किसकेका छन्।

ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउन लागिपरेका माधव झलनाथ खनाल पक्षका सांसदले राजीनामा दिने अन्तिम समयमा पुगेका छन् । पौडेलले नेपाललाई सांसदहरुको राजीनामा रोक्न आग्रह गरेका थिए।

नेपालले चाँडै भेट हुनसक्ने जवाफ फर्काएपछि पौडेल बालुबाटार फकिएका छन् । अहिले बालुवाटारमा एमाले स्थायी समितिको बैठक शुरु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति