जेठ १३ सम्म लकडाउन, बिहान १० बजेसम्म पसल खोल्न पाउने

काठमाडौं, २८ बैशाख ।  काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप्‍ने भएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्‍ने निर्णय गरेको हो । यस्का साथै अब बिहान १० बजेसम्म पसल खोल्न पाउने निर्णय समेत गरेको छ ।

काठमाडौँ जिल्‍ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले आजको बैठकले जेठ १३ गतेसम्‍म निषेधाज्ञा थप्‍ने निर्णय भएको बताए।

उपत्‍यकाभित्र अत्यावश्यकबाहेकका सम्‍पूर्ण कार्यालय बन्‍द गर्ने र नीजि निर्माणका सामाग्री लिन प्रयोग गर्ने सवारी साधन पनि चलाउन नपाइने प्रमुख पराजुलीले बताए ।

काठमाडौँ उपत्यकामा बैशाख १६ गतेदेखि २२ गतेसम्‍म निषेधाज्ञा लागू भएको थियो । २२ गतेदेखि बैशाख २९ गतेसम्‍म दोस्रो पटक म्याद थप गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति