गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृत्यु

कोनाक्री । पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् ।

पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि खसेको थियो । पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरु थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरुको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति