बाँके र बुटवलमा उपचारको क्रममा थप ७ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, २५ बैशाख । बाँके र बुटवलमा उपचारको क्रममा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा रातभरीमा ५ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृतक ५ जना मध्य १ जना बर्दिया र ४ जना नेपालगन्ज उपमहानगरका स्थानीय छन् ।

डीसीसीएमसी बाँकेका अनुसार शनिबार साँझ ६ भेरी अस्पताल पु¥याईएका नेपालगन्ज १२ का ६७ वर्षिय पुरुषको अस्पताल पु¥याएको ४५ मिनेटमै मृत्यु भएको थियो । त्यसैगरि बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बर्दिया बढैयाताल ७ का ५२ वर्षिय पुरुषको शनिबार साँझ ७ बजे, २१ गते सोहि अस्पताल भर्ना भएका नेपालगन्ज १ का ६४ वर्षिय पुरुषको शनिबार राती ८ बजे, बैशाख १३ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका नेपालगन्ज १० की ३८ वर्षिया महिलाको आज बिहान ४ः३० बजे र बैशाख १४ गते भारतको लखिनपुरमा कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी नेपालगन्ज १४ की ३८ वर्षिया महिलाको बिहान ६ः४५ बजे मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १७४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १३१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यसैवीच बुटवलको कोरोना अस्पतालमा थप २ संक्रमित बिरामीको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए । वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका दुवै जनामध्ये ४८ वर्षीय पुरुषको गए राति ११ बजे र ३० वर्षीया महिलाको शनिबार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको गौतमले बताए ।
दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति