एकै दिन थपिए ९ हजार २३ जना कोरोना संक्रमित, ५० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट शुक्रबार ९ हजार २३ जना संक्रमित फेला परेका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ५० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ ।सक्रिय संक्रमित ७८ हजार ६२९ छन् भने क्वारेन्टाइनमा ३८० जना रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति