उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना होस् : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दललाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा भाग लिने नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीलाई स्थानीय तहसम्म उच्च सतर्कता अपनाई महामारी नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याउन अनुरोधपत्र पठाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेपालभर कोभिड –१९ को सङ्क्रमणको उच्च जोखिम रहेको र काठमाडौंँ उपत्यकालगायत अधिकांश शहरमा निषेधाज्ञासमेत लागू भइसकेका अवस्थामा वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन केन्द्रित राजनीतिक गतिविधि, सभा, सम्मेलन, आमसभा, कोणसभा, प्रचारप्रसार, उम्मेदवारी मनोनयन दर्ता, पत्रकार सम्मेलनलगायत कार्यक्रम सञ्चालनमा मानवीय स्वास्थ्यमा पर्न सक्ने असरप्रति विशेष ध्यान दिन पनि आयोगले राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति