राष्ट्रपतिद्वारा संवैधानिक परिषदसहित ७ अध्यादेश जारी

काठमाडौं, २१ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सात अध्यादेश जारी गरेकी हुन्।जारी अध्यादेशमा यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संसोधन गर्ने अध्यादेश, औषधि(तेस्रो संसोधन) अध्यादेश, २०७८, संवैधानिक परिषद(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संसोधन) अध्यादेश, २०७८ छन्। त्यस्तै सामाजिक सुरक्षा(पहिलो संसोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संसोधन)अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश, २०७८ पनि जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति