सरकारले अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलायो

काठमाडौं, २१ बैशाख । सरकारले दुई वर्षे कार्यकाल रहँदै अष्ट्रेलियका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त भएका दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्यसमेत रहेका दाहाललाई माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आवद्ध रहेका थिए । फिर्ता बोलाउने निर्णयसँगै दाहालले राजदूत भएबापत् पाउने सेवा सुविधा रोकिएको छ । साथै, मन्त्रिपरिषद बैठकले ओमनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभइञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति