काठमाडौ उपत्यका निकै जोखिममा एकै दिन ३ हजार ६६६ जना कोरोना संक्रमण

काठमाडौँ २० वैशाख । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।
देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै सरकाले निषेधज्ञा जारी गरेको चौथो दिनसम्म लगातार संक्रमण बढिरहेको छ । यसले काठमाडौं उपत्यका झनै जोखिम बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति