बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

काठमाडौं । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ ।

शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए । चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताए ।

यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उनले बताए । नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति