प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं, १९ बैशाख । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्। आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे जानकारी गराएको एक मन्त्रीले जानकारी दिए।

सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय गर्दै नेकपा खारेज गरेपछि पूर्ववत फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुन: अस्तित्वमा ल्याएको थियो।
पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ भने नेपाली कांग्रेसलगायत दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्।यस्तो तयारीबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गृहकार्य गरेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति