१७ वैशाख लिबियाको पश्चिमी समुद्री क्षेत्रबाट बिहीबार यहाँका सामुद्रिक सुरक्षा गार्डहरुले करिब ९९ जना आप्रवासीको उद्वार गरेका छन् । ती आप्रवासीहरु अवैध रुपमा लिबिया प्रवेश गरेका थिए । उनीहरु कहाँबाट त्यहाँ आए भन्ने बारेमा केही बताइएको छैन ।
लिबियाको राजधानी त्रिपोलीबाट करिब ७० किलोमीटर पश्चिममा रहेको मेलिताह नगरबाट उनीहरुको उद्वार गरिएको हो ।यो भन्दा अघिल्लो दिन पनि यहाँका सुरक्षा गार्डले नै सोही पश्चिमी समुद्री किनाराबाट करिब १८० जनाको उद्वार गरेको बताएको थियो ।
ती आप्रवासीहरु पनि अन्य कुनै देशबाट अवैध रुपमा विना कुनै कागजात सो देशमा प्रवेश गरेका बताइएको थियो ।(सिन्ह्वा)
–––
प्रतिक्रिया