कोरोना नियन्त्रण गर्न भारतसँगका १३ नाकामात्रै सञ्‍चालन गर्ने सीसीएमसीको निर्णय

काठमाडौँ १७ बैशाख— कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) भारतसँगका रहेका ३५ मध्ये १३ वटा मात्रै नाका सञ्चालन गरी २२ वटा बन्द गर्ने समितिले निर्णय गरेको छ । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, विर्तामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।यी बाहेकका अन्य नाका बन्द गर्ने निर्णय गरेको छ । प

छिल्लो समय भारतमा कोरोना संक्रमण भयावह बनेका कारण भारतबाट नेपाल छिर्नेको भीड बढेको छ । त्यहां सिमति ससाधन स्रोतका कारण एन्टीजेन परीक्षण समेत हुन सकेको छैन ।
आजको बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले निषेधाज्ञा लागू गरिएका जिल्लामा सबै सरकारी कार्यालय सञ्चालन नगरी एक चौथाइ मात्र खोल्ने निर्णय गरेको छ ।

सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै रहने गरी सञ्चालन गर्न पनि निर्देशन दिने निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति