भारतीय चर्चित टिभी पत्रकार सरदानाको मृत्यु


१७ बैशाख :

भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड–१९ को सङ्क्रमणपछि उपचारका क्रममा निधन भएको छ ।

पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उहाँले दिल्लीस्थित नोयडाको मेट्रो अस्पतालमा मृत्यु भएको उहाँ कार्यरत भारतीय समाचार संस्था आजतकले समाचारमा जनाएको छ ।.

जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट निकै चर्चित उहाँले सन् २०१७ मा जी–न्यूज छाडेर आजतकमा जानुभएको थियो ।
आजतकबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘दंगल’ का कार्यक्रम सञ्चालक सरदानाको निधनमा भारतीय राजनीतिज्ञ र सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।

बिहीबारसम्ममा भारतमा पछिल्लो २८ दिनमा कोरोनाका कारण ५२ जना र पछिल्लो एक वर्षमा कोभिड–१९ का कारण १ सय १ जना पत्रकारको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति