विश्वभर कोरोना संक्रमितको संख्या १५ करोड नाघ्यो

काठमाडौं, १६ बैशाख । विश्वभर कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या १५ करोड नाघेको छ । वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ८ लाख ८५ हजार ६०४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १५ करोड २ लाख १२ हजार ५१ पुगेको छ । यस्तै, गत २४ घण्टामा थप १५ हजार २८४ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३१ लाख ६३ हजार ४९८ पुगेको छ ।

हाल विश्वभर १२ करोड ८२ लाख ६० हजार २७७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ८ लाख २ हजार २०८ जना निको भएका हुन् ।

विश्वभर १ करोड ८७ लाख ८८ हजार २७६ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ७८१ गम्भिर बिरामी छन् । यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २९ लाख ८३ हजार ६९५ पुगेको छ । संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५५ लाख ८४ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ८८ हजार ३३७ पुगेको छ । हाल अमेरिकामा ६८ लाख १० हजार ६११ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ८६७ गम्भिर बिरामी रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति