बुटवलको कोरोना अस्पतालमा थप तीन संक्रमितको मृत्यु

तिलोत्तमा, १६ बैशाख । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन् । कोरोना पुष्टि भएपछि वैशाख ११ गते अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको बिहीबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । त्यस्तै, गत वैशाख ९ गते भर्ना भएका बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए । जिल्लाको मायादेवी गाउँपालिका–६ की ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको छ । उनलाई वैशाख ११ गते अस्पताल भर्ना गरिएको थियो । तीन जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा। गौतमले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति