काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने बारे छलफल

काठमाडौं, १३ बैशाख । काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने बारे छलफल भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने प्रस्ताव अघि सारएिको छ । अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । ‘कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि चेन ब्रेक गर्न निषेधाज्ञा जारी गर्ने निर्णयमा पुगेका हौं,’ उहाँले भन्नुभयो , ‘अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहनेछ ।’ कोरोना संक्रमण बढ्न थालेपछि सोमबारदेखि नै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गरिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति