आज साँझ मन्त्रिपरिषद् बैठक, सीमा नाका बन्द गर्ने निर्णय हुनसक्ने

काठमाडौं १३ बैशाख । कोरोनाभाइरसको संक्रमण लगायतका विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद्को बैठकले लकडाउन, निषेधाज्ञाका साथै सीमानाकामा आवतजावत कडाइका सन्दर्भका आवश्यक निर्णय गर्ने बताइएको छ । देशभर कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि अवस्था भयावह बन्दै जान थालेको छ । मुख्य शहरहरुमा महामारी नफैलिंदै अस्पतालहरुमा बिरामीको व्यवस्थापन गर्न असहज बन्दै गएपछि सरकार दबावमा पर्न थालेको छ ।
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले देशभर कम्तीमा ३ साता लकडाउनको सिफारिस समेत गरेको थियो । विद्यालय तथा कलेजका पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गरिसकिएको छ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । आइतबार मात्रै एक दिनमा २८ जनाको मृत्यु भएको छ । भारतवाट नेपाल आएकाहरुबाट संक्रमण फैलिएर दूरदराजका गाउंहरु समेत संक्रमणको केन्द्र बन्दै गएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति