देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित

काठमाडौं, १२ बैशाख ।  कोरोनाभाइरसको नयाँ प्रजाति संक्रमणको जोखिम कम गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अर्को आदेश नभएसम्मका लागि भौतिक उपस्थितीमा हुने पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

निर्णयपछि सोमबारदेखि सबै पूर्वनिर्धारित परीक्षा स्थगित हुने सीसीएमसीले जनाएको छ ।

आइतबार बसेको सीसीएमसी बैठकको निर्णयले भौतिक उपस्थिती नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्ने निर्णय समेत गरेको छ ।

सीसीएमसी सचिवालय संयोजक खगराज बरालले विज्ञप्ती जारी गर्दै उक्त कुरा जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति