चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौ, ११ बैशाख । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।
यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।सीसीएमसीको ब्रिफिङ पश्चात मात्र सरकारले आवश्यक निर्णय लिने तयारी रहेको छ । भारतमा कोरोना संक्रमणको अवस्था भयावह भएकोले गर्दा त्यसको असर नेपालमा समेत पर्ने देखिएकोले स्वास्थ्य मन्त्रालयले सतर्क रहन लकडाउन गर्नुपर्ने सुझाव दिएको हो । नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता दैनिक २ हजार भन्दा बढी संक्रमित भेटिन थालेका छन् । शुक्रबार मात्रै देशभर २ हजार ५५९ जनामा भाइरसको संक्रमण देखिएको थियो जसमध्ये काठमाडौं उपत्यकामा तीन जिल्लामा मात्रै ९४० जनामा संक्रमण देखिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति