जनकपुरबाट फर्किए लगत्तै माधव नेपाल किन पुगे नागपोखरी

काठमाडौं, १० बैशाख ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार नेता नेपाल जनकपुरबाट फर्किए लगत्तै गौतमसँग भेटवार्ता भएको हो ।

विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको हो ।

विहीवार साँझ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग ‘डिनर’ भेट गरेका थिए । गौतमले एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् । नेता नेपाल समूहले पनि यही माग राखिरहेको छ । तर, गौतम भने छुट्टै राष्ट्रिय एकता अभियान चलाइरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति