एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन ( कुन नेताले के जिम्मेवारी पाए सूचिसहित)

काठमाडौं, १० बैशाख । नेकपा एमालेले २ सय ६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी तोकेको हो ।

नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत् राखिएको छ तर जिम्मेवारी भने दिइएको छैन ।अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख रहेका छन् भने महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटी इञ्चार्ज तोकिएको छ । विष्णु पौडेल संगठन विभाग प्रमुख, रामबहादुर थापा वाग्मती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुख रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति