भारदारी सभाको निर्णय सुनेर मज्जाले हांसे : खनाल

काठमाडौं १० बैशाख । नेकपा एमालेको बालुवाटारमा जारी बैठकलाई पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको निजी भारदारी सभाको संज्ञा दिएका छन् ।
जारी बैठकले खनाल–नेपाल पक्षलाई बाहिरै राखरे स्थायी कमिट गरेपछि झलनाथ खनालले भने भारदारी सभाले भारदार थप्ने के नौलो कुरा भयो र ?
नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीको भारदारी सभाको निर्णय सुनेर आफू मज्जाले हाँसेको समेत बताए ।

बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले झलनाथ खनाल–माधव नेपाल समूहलाई बाहिर राख्दै माओवादीबाट एमाले प्रवेश गरेका ४ नेतालाई समेटेर १८ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।

अध्यक्ष ओलीले आफूहरुलाई बाहिर राखेर स्थायी कमिटी गठनगरेपछि प्रारम्भिक प्रतिक्रियामा खनालले भने, ‘ भारदारी सभाको निर्णय सुनेर म मज्जाले हाँसे ।’ अब उनीहरुको आफ्न तरिकाले चल्न लागेको झन स्पष्ट भएकाले आफूहरु क्रान्तिकारी बाटोबाट कम्युनिष्ट आन्दोलनको रक्षामा लाग्ने बताए ।
हिजो र अस्ति मात्र माधव नेपालले अध्यक्ष ओलीसंग गरेको वार्ता असफल भएको थियो । हिजै जनकपुर पुगको नेता माधव नेपालले पनि ओलीसंगको एकता समाप्त भएको प्रतिक्रिया दिएका छन् भने केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष ओलीले माधव नेपालहरुको नियत नै पार्टी क्षत क्षित पार्ने रहेका आरोप लगाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति