ओली–नेपाल वार्ता सकियो, : दुवै प्रफुल्ल मुद्रामा निस्किनुभयो– दुगड

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।

बुधबार साँझ झण्डै २ घण्टा ओली र नेपालबीच नक्सालस्थित होटल मेरियटमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको बताए । दुवैजना प्रफुल्ल मुद्रामा निस्किनुभयो, दुगडले भने ।

दुवैजना तनावरहित मुद्रामा बाहिर निस्किएको भन्दै दुगडले वार्ता सकारात्मक रहेको बताएका हुन् । सरकारको नेतृत्व गरिरहेको एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति