माओवादी केन्द्रको स्थायी कमिटी बैठक एक बजेपछि बस्ने

काठमाडौं,  ८  बैशाख।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो एक बजेपछि बस्ने छ । वैकल्पिक सरकार गठन, संगठनात्मक काम, पार्टीको विधान संशोधन, कोरोना संक्रमणलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको माओवादी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । यसअघि मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनको प्रयास सकारात्मक भएको जानकारी गराएका थिए । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सरकार गठनमा समझदारी कायम गर्ने प्रयास जारी छ । यद्यपि निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टीमा दुई धार देखिएकाले तीनै दलले ठोस निर्णय गर्न सकेका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति