माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, ७ बैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। हिजो बस्ने भनिएको बैठक स्थगित भएको थियो। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने तय भएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्यलगायतका विषयमा छलफल गर्ने तयारी छ। हिजोका लागि बोलाइएको बैठकमा विपक्षी दल नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय गर्ने तयारी गरिएकोमा सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि बैठक स्थगित भएको थियो। आजको बैठकमा यसबारे पनि छलफल हुने तथा केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति