माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अहिलेको सरकारलाई समर्थन नरहेको कुरा लेखेरै दिने तयारी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति