कर्णाली प्रदेशमा तीन मन्त्री नियुक्त : पद तथा गोपनीयताको सपथ आज

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गरेका छन् । यही वैशाख ३ गते विश्वासको मत हासिल गरे पश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन ।

जसअनुसार उनले नेकपा (एमाले) माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए।

यस अघिका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय समालेकी थिईन । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ आइतबार लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति