विद्यार्थीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले रामपुर कृषि क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी कृषि क्याम्पस रामपुर चितवनमा अध्ययनरत विद्यार्थी दिनेश बाँनिया, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि साङ्घातिक आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरे ।

“अध्ययन गर्ने पवित्र संस्थामा आपराधिक जत्थाले हतियारसहित निर्घात आक्रमण गर्दा पनि आक्रमणकारीलाई कारवाही गर्न नसक्नु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विश्वविद्यालयलाई वैचारिक राजनीतिक थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुष्प्रयास भएको बताए ।

विश्वविद्यालयमा डर र त्रासको वातावरण सृजना गरी राजनीतिक आधार खडा गर्ने जोकोहीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने महामन्त्री भट्टराईको भनाइ छ । गुण्डागर्दीमा संलग्नलाई कारवाही नगरे कडा आन्दोलन गर्ने नेविसङ्घले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति