कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ २ बैशाख — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका अति प्रभावित १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने बताएको छ ।

बिहीबार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्यसञ्‍चालन केन्द्र (एचईओसी) ले ८ बुँदे अपिल जारी गर्दै काठमाडौं उपत्यकाका ३ जिल्लासहित १४ जिल्लामा विद्यालय, रात्रिकालीन व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिमलगायतका बढी भीडभाड हुने क्षेत्रमा सहभागी नभइदिन अपिल गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा ९काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङ० बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिनु हुन् ।

स्वास्थ्य मन्त्रालयले बन्द गर्नुपर्ने अवस्था रहेको बताउँदै अप्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई विद्यालय नपठाउन अपिल गरेसँगै अभिभावक र विद्यार्थीहरूमा अन्योल बढेको छ ।

पछिल्लो समय विभिन्न सार्वजनिक स्थलमा भीडभाड बढेको र त्यसैका कारण फेरि संक्रमण विस्तार हुन सक्ने भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति