ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए । घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए । घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उनको भनाइ छ ।

घटनाको जानकारी पाएलगत्तै बङ्ुकोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति