भारतमा कोरोनाको कहर :एकैदिन ८९हजार बढी मानिस संक्रमित, ७ सय १३ जनाको मृत्यु

काठमाडौँ, २१ चैत्र । भारतमा थप ८९ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।यसअघि हिजो ७१ हजार ४४१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८९ हजार १९जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख ९१हजार १२९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १५ लाख ६७ हजार ६० जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६४ हजार १४१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ७१३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस प्रभावित देशहरूको सूचीमा भारत तेस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा भाइरसका कारण ५ लाख ६७ हजार ६ सय १०जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ३ करोड १३ लाख १४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २८ लाख ५० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार १३ करोड ८० लाखभन्दा बढी संक्रमित भइसकेका छन् । भारतमा दैनिक यसरी संक्रमण बढ्नु नेपालका लागि पनि खतरा बन्दै गएको छ । विगतमा पनि भारतमा कोरोना संक्रमण तिव्र भएको एक महिना पछि नेपालमा तिव्र रुपमा फैलिएको थियो तसर्थ अव सरकारले नाकाहरुलाई व्यवस्थित र पूर्वतयारीमा लाग्नु पर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति