घाँस काट्न हिडेका सात जना सम्पर्कविहीन

बर्दिबास, १७ चैत्र । घाँस काट्न गएका महोत्तरीका बालिका र किशोरीहरू सम्पर्कविहीन भएका छन्।

उनीहरू सबै भंगहा नगरपालिका वडा नम्बर ८ स्थित धर्मपुर टोलका हुन्। उनीहरू १० वर्षदेखि १८ वर्ष उमेर समूहका छन्। १० वर्षीया रंजना पासवान, सीमा पासवान, रचना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया अस्मिता पासवान र नगिना पासवान सम्पर्कविहीन छन्। उनीहरू मंगलबार अपरान्ह करिब ४ बजेतिर घाँस काट्न निसकेका थिए। उनीहरू राति ११ बजेसम्म पनि घर नफर्केको नगर प्रमुख सञ्जिवकुमार साहले बताए।

‘यसअघि पनि उनीहरू घाँस काट्न जान्थे तर समयमै घर फर्किन्थे,’ उनले भने, ‘राति ११ बजेसम्म फर्किएनन्। खोजि गरिरहेका छौं।’ नेपाल प्रहरीको सहयोगमा स्थानीयहरूले उनीहरूको खोजि गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति