चितवनमा भएको दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।

ना५ख २१५० नं को बस र ना४०प ७०८२ नं को स्कुटर एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । चालक मोहन अधिकारी, स्कुटरमा सवार सोही स्थान बस्ने मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र सोही स्थान निवासी चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको थापाले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति