कांग्रेस शीर्ष नेताको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ ।
केहिबेरमा पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पदाधिकारी र पूर्व पदाधिकारी सहभागी हुने बताइएको छ । बैठकमा नयां सरकार निर्माणका विषयमा छलफल हुने कार्यक्रम छ । सभापति शेरबहादुर देउवालाई नया प्रधानमन्त्रीमा पार्टीबाट औपचारिक प्रस्ताव गरिने विषयमा समेत बैठकमा छलफल हुनेछ । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन पार्टीमा आन्तरिक सहमति बनेपनि औपचारिक निर्णय गरिएको थिएन । यसअघि हिजो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेपछि पदाधिकारी बैठक बस्न लागेको हो ।

पौडेलले आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसंग छलफल गरे । नया समीकरण बनाएर सत्ता सहकार्य गर्ने विषयमा कांग्रेस दुई समूहमा विभाजन भएको छ । पौडेल पक्षले कांग्रेस अनिर्णीत बन्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको स्वेच्छाचारिता बढ्दै गएको बताएको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसंग परामर्श गर्नुपर्ने पौडेल पक्षकोे धारणा छ । तर, सभापति देउवा भने वैकल्पिक सरकार गठनका लागि परिस्थिति परिपक्व नबनेको भन्दै हतार गर्न नहुने पक्षमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति