अनौठो रोगले एकै घरका ४ दिदीबहिनी बिरामी

काठमाडौं । अनौठो रोगका कारण यहाँको एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् ।

होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन् । माइली डिल्लीमाया निरौला बोहोरा, साइली चन्द्रकला निरौला खडका, काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् ।

नैनकला गत पुसदेखि नै यस्तो खालको रोगबाट पीडित छन् । “उपचारका लागि इलाम अस्पताल, झापाहुँदै काठमाडौँसम्म लगियो बिराम केही पत्ता लागेन”, आमा उमाले गहभरी आँशु पार्दै भन्नुभयो, “बुढेसकालका साहारा छोरी नै यसरी बिरामी भएपछि कसरी बाँचु ।”

घरमा रोगले छोरीलाई चापेपछि बुबा होमबहादुरले दुई जनालाई उपचारमा लागे । उपचार गराउँदासमेत रोग पत्ता नलागेपछि घर नै लिएर आउँदै छन् । सबै एकैपटक बिरामी हुँदा थाम्नसमेत मुस्किल पर्छ । यथार्थमा के हो भन्ने कुरा पत्ता नलाग्दा समस्या जटिल बनेको वडाध्यक्ष टेकवीर नेम्वाङ बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति